logo trishakti

नेपालले भोलि लोओसविरुद्ध खेल्दै विश्वकप छनोटको यात्रा सुरु गर्ने

News Logoपरिचित खबर 2 बर्ष अगाडि
87 2 minutes read

     नेपालले भोलि लोओसविरुद्ध खेल्दै विश्वकप छनोटको यात्रा सुरु गर्नेछ ।नेपाल र लाओसबीचको खेल भोलि साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।  यसका लागि नेपाली टिम तयार रहेको प्रशिक्षक र कप्तान दुबैले बताएका छन् ।

खेलको अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसेले यो खेल आफ्ना लागि पनि अवसर भएको बताए । उनले अघि भने, ‘यो मरो पनि पहिलो विश्वकप छनोट हो । मैले आफ्नो तर्फबाट शत प्रतिशत दिने प्रयास गरेको छु ।’

राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङले यो पटक लामो तयारी गरेको बताए । लाओसले पनि राम्रो तयारी गरेको र टिममा केही परिर्वतन ल्याएको भन्दै उनले त्रिदेशीय कपमा जस्तो नहुने बताए । 

उनले भोलिको खेललाई भव्य बनाउन दर्शकहरुलाई आग्रह गरे । दशरथ रंगशालामा हुने हरेक खेलमा १२औं खेलाडीका रुपमा घरेलु दर्शक हुने भन्दै उनले भने, ‘भोलि नेपालको ठूलो झण्डा देख्न पाउँ, सबै मिलेर राष्ट्रियगान अनि रातो र चन्द्रसूर्य गाऔं ।’

प्रतिक्रिया दिनुहोस