नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान एंव स्पिनर सन्दीप लामिछानेले यही कार्तिक १ गते देखी युएइ, हङकङ र नेपाल बिच हुन गइरहेकाे त्रिकोणात्मक टी–२० श्रृङ्खला नखेल्ने भएका छन् ।
बिहीबार राति सामाजिक सञ्जाल मार्फत उनले भारी मनका साथ टिमबाट आफ्नो नाम फिर्ता लिएको बताएका छन्। उनले यो समयमा आफूले आफैँलाई नयाँ जीवन दिन र परिवारसँग समय बिताउन चाहेको बताएका छन् ।
आफु जीवनको कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिरहेकोले खेलमा राम्राे प्रदर्शन गर्न नसक्ने उनकाे भनाइ छ।उनले अन्त्यमा भनेका छन्, ‘मैले अहिलेसम्म पाएको आशीर्वाद र शुभकामनाका लागि धन्यवाद दिन चाहन्छु ।’
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
एन्फा प्रेसिडेन्ट लिग पर्सिदेखि हुने
राष्ट्रपति पाैडेल कतार प्रस्थान