क्यानाडाको अन्टारियो प्रान्तमा रहेको ब्राम्प्टन सहरमा अवस्थित एक पार्कलाई ‘सगरमाथा पार्क’ नामाकरण गरिएको छ ।
नेपालीहरुको समेत बाक्लो बसाई रहेको उक्त क्षेत्रमा शनिबार एक कार्यक्रमकाबीच पार्कको नामाकरण गरिएको हो।
फ्लावर सिटीको रूपमा परिचित शहर ब्राम्प्टनको चेरीट्री ड्राइभमा अवस्थित उक्त पार्कलाई नेपालसँग जोड्न पाउँदा खुशी लागेको नेप्लिज कम्यूनिटी नेटवर्क अफ क्यानाडाका अध्यक्ष नरबहादुर क्षेत्रीले बताए।
क्यानाडाको मूलधारको राजनीतिमा सक्रिय विजय पौडेलले क्यानाडाको सार्वजनिक स्थललाई नेपालसँग जोड्न पाउनु ठुलो उपलब्धि रहेको बताए।
युवा उद्यमी समेत रहेका पौडेलले यस्ता गतिविधिले नेपालको पर्यटन प्रवद्धनमा पनि टेवा पुग्ने अपेक्षा राखेका छन्। उनले भने, ‘नेपाल र क्यानाडाबीच कुटनीतिक सम्बन्ध भएको ५८ वर्ष पुग्दै गर्दा लाग्दा हामीलाई उपहार जस्तै भएको छ।
यसैबीच सिटी अफ ब्राम्प्टनले पनि ‘सगरमाथा पार्क’ नामाकरण भएकोमा खुशी ब्यक्त गर्दै उक्त परियोजना सफल पार्नमा नेपाली समुदायले खेलेको भूमिकाको प्रंशसा गरेको छ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
चुनावकाे दिन पर्यटकको आवागमन सवारी साधनलाइ अनुमति अनिवार्य
विद्युत् नियमन आयोगले नयाँ मापदण्ड ल्याउँदै
विद्युत् नियमन आयोगले नयाँ मापदण्ड ल्याउँदै