त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको बिहीबारको खेलमा नेपालले जितका लागि हङ्कङबाट ९५ रनको लक्ष्य पाएको छ । नेपालले टस जिती पहिले फिल्डिङ गर्ने निणर्य लिएको थियो । पहिले ब्याटिङ गरेको हङ्कङले १९.३ ओभरमा अलआउट हुनुअघि ९४ रनमात्र बनाउन सक्यो ।
नेपाली टोलीका बलर करण केसीले चार विकेट लिए । उनले चार ओभरमा १५ रन खर्चिए । सोमपाल कामी र अविनोष बोहराले पनि दुई—दुई विकेट हात पारे । कुशल मल्ल र मौसम ढकालले एक—एक विकेट लिए । हङ्कङका लागि दुई ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाए । यासिम मुर्तजाले ३६ र जिसन अलीले १७ रन बनाए । हङ्कङले अन्तिम विकेटका रुपमा एहसान खानलाई चार रनमा गुमाएको थियो । उनको विकेट सोमपाल कामीले लिए । हङ्कङले अतिरिक्त रुपमा चार रन पायो ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
एन्फा प्रेसिडेन्ट लिग पर्सिदेखि हुने
राष्ट्रपति पाैडेल कतार प्रस्थान