logo trishakti

आक्रामक ब्याटिङ सँगै नेपाल विश्वकप एसिया छनोट सेमिफाइनलमा

News Logoपरिचित खबर 2 बर्ष अगाडि
87 2 minutes read

नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै ट्वान्टी-२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएकाे खेलमा कुशल भुर्तेलले २५ बलमा ४३ रन, आसिफ शेखले २३ बलमा ३५ र कुशल मल्लले ३४ बलमा ६५ रन सँगै १८ ओभरमा  नेपालले १ सय ६६ रनको लक्ष्य  पूरा गरेको थियो । 

नेपालको जितमा तीव्र गतिका बलर अभिनाश बोहराले ४ ओभरमा २७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए त्यस्तै स्पिनर सन्दीप लामिछानेले १, गुलशन झाले १, कप्तान रोहित पौडेलले १ विकेट लिएका  थिए ।

मलेसियामाथि नेपालको विजयसँगैं ओमान पनि समूह ‘ए’ बाट सेमिफाइनल पुगेको छ । ओमानले पहिलो दुई खेलमा मलेसिया र सिंगापुरलाई पराजित गरेको थियो । नेपाल र ओमान बिहीबार समूहचरणको अन्तिम खेलमा प्रतिस्पर्धा गर्नेछन् । मलेसिया र सिंगापुर दुबै समूहचरणको एक खेलअगावै बाहिरिएका छन् ।

टस जितेर ब्याटिङ राेजेकाे मलेसियाले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय रन ६५ बनाएको थियो । मलेसियाकाे लागी ओपनर सैयद अजिजले सर्वाधिक ६८ रन बनाए । 

प्रतिक्रिया दिनुहोस