तिहारमा खेलिने देउसी भैलोका लागि पछिल्लो समय प्रशासनले समय सीमा तोक्ने गरेको छ।
बेलुकी ९/१० बजेभित्रै देउसी भैलो खेलिसक्न प्रशासनले सूचना जारी गरेर आग्रह गर्छ।
यसपालि काठमाडौं उपत्यका बाहेक अन्यत्र प्रशासनले सूचना जारी गरेर देउसी भैलो खेल्न समय तोकेका छन्।
काठमाडौं महानगरका मेयर बालेन शाहले यसपालि राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने उल्लेख गर्दै गत शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए।
उनले नगर प्रहरीले सुरक्षाका लागि पेट्रोलिङ गर्ने र सोहीअनुसार सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आग्रह गरेका थिए।
मेयर शाहले देउसी भैलो राति १ बजेसम्म खेल्न पाइने उल्लेख गर्दै सामाजिक सञ्जालमा लेखेकै दिन काठमाडौं, ललितपुर र भक्तपुर प्रशासनले सूचना जारी गरेका थिए, जसमा विगतका वर्षहरूमा जस्तो देउसी भैलो खेल्न समय सीमा तोकिएको थिएन।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
विद्युत् नियमन आयोगले नयाँ मापदण्ड ल्याउँदै
विद्युत् नियमन आयोगले नयाँ मापदण्ड ल्याउँदै