logo trishakti

चौथो टाइगर कप भलिबल प्रतियोगिताको तयारी तिव्र, भारत र श्रीलंकाको क्लब सहभागी हुँदै

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

चौथो संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी तिब्र पारिएकाे छ ।  

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पाेखरा रंगशाला भलिवल काेर्टमा हुने टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता माघ १ गते देखी ६ गते सम्म संचालन हुने अध्यक्ष नारायण प्रसाद शर्माले बताए । प्रतियोगिता सम्पन्न गर्न अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षतामा १ सय १ सदस्यिय मुल आयोजक समिति र संस्थाका सदस्य दिपक कार्कीको संयोजकत्वमा ११ सदस्यिय उपसमिति गठन गरिएको छ ।

महिला तर्फ ६ पुरुषतर्फ ६ गरी जम्मा १२ वटा क्लबको सहभागिता रहेकाे चौथो टाइगर कपमा पहिलो पटक भारतकाे हरियाणा महिला पुलिस क्लबले सहभागिता जनाउने भएको छ । त्यस्तै महिलातर्फ अन्य टाेलीमा गण्डकी प्रदेश, पाेखरा, चन्द्रागिरी नगरपालिका न्यू डायमण्ड स्पोर्टस क्लब,विभागिय टोली नेपाल पुलिस क्लब, नेपाल आर्मी र शसस्त्र प्रहरीको एपिएफ क्लबकाे सहभागिता रहनेछ ।

पुरुषतर्फ  हेल्प नेपाल स्पोर्टस क्लब, गण्डकी प्रदेश, पाेखरा, विभागिय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र शसस्त्र प्रहरीको एपिएफ क्लबले सहभागिता जनाउने छन् भने विदेशी टाेली श्रीलंकाको आर्मी टिमले पहिलो पटक सहभागिता जनाउने भएको छ । प्रतियोगितामा सहभागि हेल्प नेपाल स्पोर्टस क्लवले  ३ जना पाकिस्तानी खेलाडी टिममा भित्राएको छ त्यस्तै गण्डकी प्रदेश, पाेखरा टिमले पनि उपाधि रक्षाका लागि विदेशी खेलाडी भित्राउने तयारी गरिरहेको टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्षा नारायण अध्यक्ष शर्माले जनाएका छन् ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेताले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ , उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । त्यसै गरि उत्कृष्ट महिला तथा पुरुष खेलाडीले ट्रफीका साथमा जनही नगद रु २५ हजार ५५५ र अन्य विद्यागत तर्फ हरेक खेलाडीले जनही नगद रु १० हजार ५५५ प्राप्त गर्नेछन् । प्रत्येक खेलमा म्यान अफ द म्याचले एक्स टेप र केल्मी नेपालकाे तर्फवाट आकर्षक पुरस्कार प्राप्त गर्नेछन्।

नेपाल भलिबल संघको स्विकृतीमा आयोजना हुने उक्त प्रतियोगितालाई गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद मणिपाल शिक्षण अस्पताल,चरक मेमोरियल हस्पिटल पोखरा, ग्रिन सिटी हस्पिटल काठमाण्डौं, रोड शो इन प्रा.ली अन्नपुर्ण केबुलकार, मनकामना केबुलकार, प्रभु बैंक, बतास अर्गनाईजेसन, माछापुच्छ्रे बैंक, मुक्तिनाथ बिकास बैंक, एक्सटेप फेशन, केल्मी नेपाल लगायत अन्य व्यक्ति र संघ संस्था सहयोग रहने छ। 

प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड रुपैया खर्च लाग्ने अनुमान गरिएकाे छ। प्रतियोगितालाई थप आकर्षण साथै दर्शकलाई खेल हेर्न सहज वातावरण बनाउन प्याराफिट क्षमता बृद्दि तथा स्टेज आकर्षक एवं भव्य रुपको तयार गरि प्रतियोगितालाई प्रविधि मैत्री समेत बनाइने आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस