logo trishakti

जमलस्थित नाचघरमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ सुरू

News Logoपरिचित खबर 2 बर्ष अगाडि
87 2 minutes read

    काठमाडौँको जमलस्थित नाचघरमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ को एघारौँ संस्करण सुरू भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले ‘बुकलेट’ विमोचन गर्दै सुरू गर्नुभएको महोत्सव यही असार २५ गतेसम्म चल्नेछ ।

“नेपाललाई अफ्रिकन मुलुकमा र अफ्रिकालाई नेपालमा चिनाउन यो महोत्सव उपयोगी हुने विश्वास छ, कला र संस्कृतिको आदानप्रदानसँगै यस्ता महोत्सवले एकअर्काको चलचित्र हेरेर सिक्ने अवसरसमेत दिन्छ”, अध्यक्ष केसीले भन्नुभयो, “यस्ता कार्यक्रम र गतिविधिमा बोर्ड सदैव सहयोगी भूमिका निर्वाह गर्न तत्पर छ, हामीले विश्वको चलचित्र हेरेर आफूलाई अझै परिस्कृति गर्नु जरुरी छ ।”

महोत्सवमा १० अफ्रिकी र नेपालका १२ सहित कूल २२ चलचित्र सहभागी छन् । उद्घाटनसँगै जर्मनी चलचित्र ‘वाटु वाटो’ प्रदर्शन गरियो । यसका साथै पहिलो दिन शनिबार रोशनकुमार श्रेष्ठको चलचित्र ‘भाग्य’, परिच्छेद सेनको चलचित्र ‘प्रेमगञ्ज’, सुमन दाहालको चलचित्र ‘परिवार’ र अफ्रिकन वृत्तचित्र ‘कलिङ अफ डेड’ प्रदर्शन गरियो ।

कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसनको आयोजना र चलचित्र विकास बोर्ड तथा विलक्षण क्रिएसनको सहआयोजनामा रहेको कार्यक्रमले नेपाल र अफ्रिकाको संस्कृति आदानप्रदान गर्ने महोत्सवका अध्यक्ष मञ्जु मिश्रले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “दुई फरक महाद्वीपलाई जोड्न महोत्सव निरन्तर आयोजना गरिरहेका छौँ ।” महोत्सवमा एक दिवसीय अभिनय कार्यशाला ‘नेपाली छोटो चलचित्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार’ विषयमा अन्तक्र्रियासमेत हुने महोत्सवका निर्देशक डब्बु क्षत्रीले जानकारी दिनुभयो । –––

प्रतिक्रिया दिनुहोस