काठमाडौं । भारतीय पूर्व क्रिकेटर देविका पाल्शिकर नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा नियुक्त भएकी छन्। आइतबार नेपाल क्रिकेट संघ -क्यान_ले नेपाली महिला क्रिकेट टिमका लागि पहिलो महिला प्रशिक्षक ल्याएको जानकारी गराएको हो ।
क्यानले अगष्ट २८देखि मलेसियामा हुने आईसीसी वुमन्स विश्वकप टी–२० एसिया क्षेत्र छनोटका लागि नेपाली महिला टिमको ब्याटिङ कन्सल्टेन्टका रुपमा देविकाले प्रशिक्षण दिने जनाएको छ ।
देविका पाल्शिकर काठमाडौं आइसकेकी छन् ।
हाल महिला टिमको प्रशिक्षण राष्ट्रिय खेलकुद परिषद् (राखेप)का क्रिकेट प्रशिक्षक स्यामसन जंग थापाले मुख्य प्रशिक्षकको रुपमा काम गर्दै आएका छन । क्यानले प्रारम्भिक छनोट अन्तर्गत २४ सदस्यीय टोली बन्द प्रशिक्षणमा सकेको छ ।
नेपालले अगष्ट २८ देखि ९ सेप्टेम्बरसम्म छनोट खेल खेल्नेछ । प्रतियोगिताको समूह ‘ए’मा आयोजक मलेसियासँगै नेपाल, बहराइन, भुटान, कतार र युएई रहेका छन् भने समूह ‘बी’मा, चीन, हङकङ, कुवेत, थाइल्यान्ड र म्यानमार छन् ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
एन्फा प्रेसिडेन्ट लिग पर्सिदेखि हुने
राष्ट्रपति पाैडेल कतार प्रस्थान