logo trishakti

गण्डकी प्रादेशिक क्रिकेट संघको अध्यक्षमा संजयकान्त सिग्देल

87 2 minutes read

पोखरा,  बुधबार पोखरामा सम्पन्न भएको प्रदेशको अधिवेशनले संजयकान्त सिग्देलको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरोको छ।निर्वाचित अध्यक्ष सिग्देल कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष समेत हुन् । उनी पर्यटन व्यवसायमा संलग्न छन् । समितिको उपाध्यक्षमा प्रकाश पौडेल, सचिवमा सुमनराज कार्की  र कोषाध्यक्षमा दिवाकर थापा रहेका छन् ।  

कार्यसमिति सदस्यहरुमा देवेन्द्र प्रजू, ऋषिराम गौतम, फणिन्द्रबहादुर खड्का, धामनाथ सापकोटा, रेशमबहादुर केसी, विद्यादेवी भट्टराई, भोजराज बराल र सन्तोष शर्मा रहेका छन् । अध्यक्ष सिग्देलले पोखरा रंगशालाभित्रको क्रिकेट मैदानलाई अन्तरराष्ट्रिय भेन्युको रुपमा विकास गर्न सरोकार निकायसँग पहल कदमी बढाउने बताए ।

निर्वाचित प्रदाशिक क्रिकेटको कार्यसमितिको कार्यकाल चार वर्षको हुनेछ ।

प्रतिक्रिया दिनुहोस