logo trishakti

नेपालद्वारा मलेसियालाई ८४ रनको लक्ष्य

News Logoमिना श्रेष्ठ 2 बर्ष अगाडि
87 2 minutes read

   आइसीसी वुमन्स टी-२० एसिया क्षेत्र छनोटअघिको चारदेशीय सिरिजको  तेस्रो खेलमा नेपालले मलेसियालाई ८४ रनको लक्ष्य।

 

मलेसियाको बायोमास स्पोट्र्स एण्ड इभेन्ट कम्प्लेक्समा निर्धारित १८ ओभरमा ७ विकेट गुमाउँदै ८३ रन बनाएको हो । वर्षाका कारण खेल रोकिएपश्चात खेल २ ओभरमा घटाइएको हो ।

 

कप्तान रुबिना क्षेत्रीले सर्वाधिक २३ रन बनाइन् । उनले २ चौका र १ छक्का प्रहार गरेकी हुन् । ओपनर पुजा महतो ४ बलमा १ रन बनाउँदै एना हमिज हसिमको बलमा पहिलो ओभरको पाँचौं बलमा नै एलबीडब्ल्यु आउट हुन पुगिन् ।

ओपनिङमा आएकी काजलले २१ बलमा १ चौका सहित १८ रन बनाइन् । दोस्रो विकेटका लागि काजल र इन्दुले २५ रनको साझेदारी बनाए ।

प्रतिक्रिया दिनुहोस