मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का सीईओ र उपाध्यक्षले नेपाल भ्रमण गर्ने भएका छन् । एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइट र कम्याक्ट अपरेसन विभागका उपाध्यक्ष क्यामरुन अल्फोर्डले एक महिनाको बीचमा नेपाल भ्रमण गर्ने भएका छन् ।
उपाध्यक्ष अल्फोर्डले नेपालमा एमसीसी सम्झौता कार्यान्वयनमा जाने दिनको अवसर पारेर नेपालको भ्रमण गर्ने छन् । सीईओ अल्ब्राइटले भने एमसीसी कार्यान्वयनमा गइसकेपछि आगामी अक्टोबरमा नेपाल भ्रमण गर्ने जानकारी छ।
नेपालमा एमसीसीको अनुदानको परियोजना सञ्चालन गर्ने मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल)को सञ्चालक समिति बैठकले आगामी १३ भदौ (३० अगस्त)बाट परियोजना कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
चुनावकाे दिन पर्यटकको आवागमन सवारी साधनलाइ अनुमति अनिवार्य
विद्युत् नियमन आयोगले नयाँ मापदण्ड ल्याउँदै
विद्युत् नियमन आयोगले नयाँ मापदण्ड ल्याउँदै