आईसीसी वुमन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोट अगाडि नेपालले सोमबार थाइल्यान्डसँग अभ्यास खेल खेल्ने
मलेसियामा हुन लागेको आईसीसी वुमन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोट अगाडि नेपालले सोमबार थाइल्यान्डसँग अभ्यास खेल खेल्ने भएको छ ।
३१ अगष्टबाट मलेसियामा सुरु हुने क्वालिफार्यस अगाडी नेपालले शनिबार चार देश सम्मिलित सिरिजमा उपाधि जितेको छ ।
नेपाली टिमले हाल तयारी स्वरुप टिममा रहेका खेलाडी कुन खेलाडी कुन ठाउँमा फिट हुन्छन् भन्ने परिक्षण चलिरहेको प्रशिक्षक सामसन जंग थापाले बताए ।
नेपालकाे टाेलीमा रुबिना क्षेत्री(कप्तान), सीता राना मगर, इन्दु बर्मा, काजोल श्रेष्ठ, बिन्दु रावल, पुजा महतो, अस्मिना कर्मचार्य, खुसी ढंगोल,इश्वरी विष्ट, सम्झना खड्का , अप्सरी बेगम, कविता कुँवर, कविता जोशी र रुवी पोदार खेल्ने भएका छन् ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
एन्फा प्रेसिडेन्ट लिग पर्सिदेखि हुने
राष्ट्रपति पाैडेल कतार प्रस्थान