logo trishakti

वर्षाकाे कारण नेपाल र थाइल्याण्डबीचको अभ्यास खेल रद्द

News Logoपरिचित खबर 2 बर्ष अगाडि
87 2 minutes read

नेपाल र थाइल्यान्डबीचको अभ्यास खेल वर्षाका कारण रद्द भएको छ ।

आईसीसी महिला विश्वकप टी-२० एसियाकाे खेलमा   नेपालले जितका लागि १ सय २८ रनको विजयी लक्ष्य पाएको थियो तर अचानक  वर्षा भएपिछ नेपाली महिला टोलीले ब्याटिङ गर्न  पाएन र खेल रद्ध भयाे ।

आईसीसी महिला विश्वकप टी-२० एसिया क्षेत्र छनोट अगष्ट ३१ देखि ९ सेप्टेम्बरमा मलेसियामा हुनेछ । नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड छन् ।

नेपालले चारदेशीय महिला टी-२० खेलमा फाइनलमा हङकङलाई १३ रनले हराउँदै उपाधि जितेको थियो । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टोलीले ग्लोबल छनोट खेल्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस