logo trishakti

२२ औं आहा रारा पोखरा गोल्ड कपमा ३ लाख बढि बचत

News Logoपरिचित खबर 2 बर्ष अगाडि
87 2 minutes read

पोखराको प्रतिष्ठित सहारा क्लबले गत वर्षको पौष १४ देखि २३ गतेसम्म पोखरा रंगशालामा भएको फुटबल प्रतियोगिताको आय-व्यय सार्वजनिक गरेको छ ।

क्लवले मंगलबार एक पत्रकार सम्मेलन गरि ३ लाख १८ हजार ९५७ रुपैयाँ आम्दानी भएको जनाएको हो । हिम श्री फुड्सको मुख्य प्रायोजनमा २०७९ भाद्र १४ देखी भाद्र २३ सम्म सञ्चालित प्रतियोगितामा ९४ लाख ६५ हजार ६२६ कूल आम्दनी भएको मध्ये ९१ लाख ४६ हजार ९६९ खर्च भएको क्लवका महासचिव रामजी प्रसाद अधिकारीले जनाएका छन् । 

प्रतियोगितामा मुख्य प्रायोजकबाट रु १ लाख बराबरको रारा तयारी चाउचाउ दर्शकहरुलाई वितरण गरिएको थियो । त्यस्तै  टेल–जी इलेक्ट्रिक स्कुटरको तर्फबाट बेस्ट प्लेयर प्रायोजन बापत रु एक लाख पच्चीस हजार रुपैयाँ, एक्सटेप स्पोर्ट्स वयर काठमाण्डौबाट स्ंवयंसेवक पोशाक प्रायोजन बापत नगद रु १ लाख, बुद्ध एयरबाट २६ थान हवाई टिकट, सि.जि. कम्पनीबाट रु ३० हजार बराबरको टि.भी, सहारा यु.के.ले म्यान अफ द म्याच ट्रफी सहित नगद, वेस्ट अफ फाइभ ट्रफी तथा अन्य ट्रफी मेडल गरी रु २ लाख २० हजार बराबरको अतिरिक्त सहयोग गरेको क्लवले जनाएको छ ।

पोखरा महानगरपालिकाको प्रवर्द्धनमा सम्पन्न प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, हिमाअस एजुकेशन, सहारा यु.के., सहारा क्लब हङ्गकङ्ग, सहारा क्लब अष्ट्रेलियाले सहयोग गरेको आर्थिक उपसमितिका संयोजक सुनिल गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तीमा जनाइएको छ ।

“आत्मा साक्षी राखी मन वचन र कर्मले सामाजिक सेवा गरौ” भन्ने उद्धेश्य अनुरुप क्लव द्वारा संचालित कठिन परिस्थिति एंव विपन्न वर्गका बालकहरुका लागि सञ्चालित सुर्य बहादुर के.सी.स्मृति सहारा फुबल एकेडेमीको सहयोगार्थ हरेक वर्ष प्रतियोगिता आयोजना हुँदै आएको छ ।

कुल १० टिम सहभागी २२ औं आहा रारा पोखरा गोल्ड कपको विजेता भुटनीज युथ स्पोर्ट्स क्लब मिनोस्वोटा यु.एस.ए रहेको थियो ।

प्रतिक्रिया दिनुहोस