logo trishakti

साफ यू–१९ च्याम्पियनसिप–२०२३ को तयारी पुरा , अनुमानित बजेट २ करोड ७७ लाख ३२ हजार ८०० रुपैयाँ

News Logoपरिचित खबर 2 बर्ष अगाडि
87 2 minutes read

    साफ यू–१९ च्याम्पियनसिप–२०२३ को तयारी पुरा भएको छ ।

 मङ्गलवार आयोजक एन्फाले पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो । दक्षिण एसियाली फुटबल महासंघको क्यालेन्डर अनुसार तय भएको प्रतियोगिता असोज ४ देखि १३ गतेसम्म दशरथ रङ्गशालामा चल्नेछ । 

 सो प्रतियोगिताका लागि नेपाली राष्ट्रिय यु–१९ टोली प्रशिक्षक सुनिल श्रेष्ठको प्रशिक्षणमा रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगिताका लागि सहभागी राष्ट्रहरू आउने क्रम जारी एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

उनका अनुसार भुटान, भारत, माल्दिभ्स र बंगलादेशको टोली आज आउने तालिका रहेको छ भने पाकिस्तानको टोली आइपुग्नेछ ।  सहभागी टोलीका लागि नेपाली सेनाको भद्रकाली खेल मैदान र च्यासलस्थित खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको छ ।

प्रतियाेगिताकाे अनुमानित बजेट २ करोड ७७ लाख ३२ हजार ८०० रुपैयाँ रहेको जानकारी छ ।

यसैबीच प्रतियोगिताको मार्केटिङ अधिकार नेपाल स्पोट्स सेन्टरलाई प्रदान गरिएको छ । यस्तै प्रतियोगिताको टिकट दर साधारण पारापिटतर्फ रु १०० र भिआइपी पारापिटतर्फ रु ३०० कायम गरिएको छ । 

प्रतिक्रिया दिनुहोस