logo trishakti

प्रथम खुल्ला आमन्त्रित पोखरा तेक्वान्दोमा अञ्जुली दोजाङ च्याम्पियन

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

पुस १६ पोखरा । पोखरामा सम्पन्न प्रथम खुल्ला आमन्त्रित पोखरा तेक्वान्दो च्याम्पियनसिप प्रतियोगितामा अञ्जुली तेक्वान्दो दोजाङ च्याम्पियन बनेको छ ।
अञ्जुली आईटिएफ तेक्वान्दो दोजाङको आयोजना तथा अञ्जुली माध्यमिक विद्यालयको सहआयोजनामा शनिबारदेखि सञ्चालन भएको प्रतियोगितामा आयोजक अञ्जुलीले ५ स्वर्ण, २ रजत र ७ कास्य पदकसहित च्याम्पियन बनेको हो।
यस्तै तनहुँको रिशिङ पाटनले ४ स्वर्ण, ६ रजत र १२ कास्यसहित दोश्रो स्थान प्राप्त गर्यो । यस्तै ४ स्वर्ण, ६ रजत र १२ कास्य पदक सहित तनहुँको भिमाद दोजाङले तेश्रो स्थान प्राप्त गरको कार्यक्रम संयोजक तथा नेपाल आईटिएफ तेक्वान्दो संघ गण्डकी प्रदेशका सदस्य विशाल बुढामगरले जानकारी दिए ।
प्रतियोगितामा पुरुषतर्फ आयोजक दोजाङका पिताम्वर तमाङ र महिलातर्फ तनहुँ जिल्ला रिशिङ पाटन दोजाङकी सालका श्रेष्ठ उत्कृष्ठ खेलाडी घोषित भए ।
उनीहरुले प्रतियोगितामा समान २ स्वर्ण जितेका थिए । दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा गण्डकी प्रदेशका कास्की सहित तनहुँ, लमजुङ, स्याङ्जा, बाग्लुङ, म्याग्दी, पर्वत लगायतका जिल्लाबाट १८ डोजाङका २५० जना खेलाडीले सहभागिता जनाएका कार्यक्रम संयोजक बुढामगरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस