आहा ! रारा पोखरा गोल्डकप : भारत दिल्ली एफसी सगै भुटानी च्याम्पियन क्लबकाे सहभागिता रहने
२३ औं आहा ! रारा पोखरा गोल्डकपमा १२ टिम भिड्ने भएका छन् । “खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्धेश्यका साथ सहारा क्लव पोखराको आयोजनामा यहि माघ ९ देखि २० सम्म पोखरा रंगशालामा हुने प्रतियोगितामा २ विदेशी सहित १२ १२ टिमकाे सहभागीता रहने छ।
बिहिबार क्लवले एक पत्रकार सम्मेलन गरी उक्त जानकारी दिंदै भारतिय घरेलु फुटबल लिग आइलिगको सन २०२३/२०२४ मा सातौं स्थानमा रहेको दिल्ली एफसी र भुटानको लिग च्याम्पियन क्लव पारो भुटान एफसीको सहभागिता रहने जनाएको छ ।
यसै गरी आयोजक सहारा क्लवसहित नेपालका ‘ए’ डिभिजनका क्लवहरु संकटा यूथ क्लव, चर्च ब्वाइज क्लव, मछिन्द्र एफसी, पोखरामा लोकप्रिय क्लवको रुपमा रहेको मनाङ मर्स्याङदी क्लव, जावलाखेल यूथ क्लव र थ्रि स्टारको सहभागिता हुने छ भने विभागिय क्लव नेपाल आर्मी क्लव, नेपाल पुलिस क्लव र एपिएफ क्लवसमेतको सहभागिता रहनेछ । त्यसै गरी सुनवलको राइजिङ स्टार क्लवको समेत पहिलो पटक प्रतियोगितामा सहभागिता रहने छ । प्रतियोगितामा विजेतालाई नगद पुरस्कार १२ लाख र उपविजेतालाई ६ लाख प्राप्त गर्नेछन् ।
गत वर्षकाे २२ औं आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधी संकटा क्लबले हात पारेकाे थियाे ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
एन्फा प्रेसिडेन्ट लिग पर्सिदेखि हुने
राष्ट्रपति पाैडेल कतार प्रस्थान