logo trishakti

अल्फाबिटा पोखराको शैक्षिक परामर्श सम्पन्न

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

अल्फाबिटा पोखराले आयोजना गरेको शैक्षिक परामर्श शनिबार सम्पन्न गरेको छ । बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म पोखरा पोखराको लेकसाइड स्थित होटल बाराहीमा सम्पन्न उक्त कार्यक्रममा विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरूले  अष्टे«लिया, क्यानडा, युके र अमेरिकाका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिसँग प्रत्यक्ष भेटेर विदेश अध्ययन सम्बन्धी परामर्श लिएका  थिए ।

झण्डै  दुई सय जना विद्यार्थी र उनीहरूका अभिवावकको उपस्थिती रहेको उक्त कार्यक्रममा आयरल्याण्डका ग्रिफ्त कलेज, यु.एस.ए.को योंग्स्टाउन स्टेट युनिभर्सिटी, यु.के. को द युनिभर्सिटी अफ ल र क्यानडाको युनिभर्सिटी अफ क्यानडा वेस्टका प्रतिनिधिहरुको  प्रत्यक्ष उपस्थिती रहेको थियो । अष्टे«लिया, क्यानडा, युके र अमेरिकाका विभिन्न प्रसिद्द विश्वविद्यालयका झण्डै २ दर्जन एसिया रिजनल रिप्रेजेन्टेटिभहरूको उपस्थिती समेत रहेको थियो।

विगत ३३ वर्षदेखि वैदेशिक अध्ययनका लागि जान चाहने विद्यार्थीलाई विश्वसनीय जानकारी तथा परामर्श प्रदान गर्ने उद्देश्यले अल्फाबिटाको नेपालका मूख्य शहरहरु विराटनगर, र्विर्तामोड, काठमाडौँ, चितवन, दमक, धरान, इटहरी र पोखरामा शाखा रहेको छ ।

विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई परामर्श प्राप्त गर्न सहज होस् भन्ने उद्देश्यले शैक्षिक परामर्श कार्यक्रमको आयोजना गरिएको साथै  विद्यार्थीहरूलाइ आएल्स, टोफेल, पिटिई तयारी कक्षा सम्वन्धी परामर्श समेत प्रदान गरीएको अल्फा बिटा पोखरामा प्रमुख मिलन बरालले बताए।

प्रमुख बरालका अनुसार अल्फा बिटाले नेपालका १२ प्रमुख शहरमा शाखा सञ्चालनमा ल्याएर विश्वसनीय सेवा प्रदान गर्दै आएको छ । अल्फा बिटाले विगत ३ दशकदेखि विश्वसनीय परामर्श प्रदान गर्दै आएकाले पनि विदेश अध्ययन गर्नजाने  विद्यार्थीको रोजाइमा अल्फा बिटा पर्ने गरेको समेत प्रमुख बरालले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस