logo trishakti

चौंथो टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ घरेलु टोली गण्डकी प्रदेश नेपाल पुलिससँग पराजित

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

     पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा गण्डकी प्रदेश टिम नेपाल पुलिस क्लबसँग ३-० को सोझो सेटमा पराजित भएकाे छ ।

गण्डकी प्रदेशको टिमलाई राष्ट्रिय टिमको कप्तानी सम्हालिरहेकी अरुणा शाहीकाे  नेतृत्व रहेकाे छ। तीन जना भारतीय खेलाडीसहित मैदानमा उत्रिएको गण्डकी पहिलो २ सेटमा नेपाल पुलिस क्लबसँग २५-१० र २५-०९ ले पराजित हुन पुग्यो ।

लगातार २ सेट गुमाएको गण्डकी तेस्रो सेटमा केही लयमा फर्किने प्रयास गरेको भए पनि पुनरागमन गर्न सकेन । अन्ततः २५-१६ सेटमा चित्त बुझाउँदै सोझो सेटमा पराजित हुन पुगेको हो ।

यो जितसँगै ग्रुप बी अन्तर्गतको पहिलो खेलमा नेपाल पुलिस क्लबले तीन अंक हात पारेको छ । लिगकम नकआउटका आधारमा भइरहेको प्रतियोगितामा नेपाल पुलिस ४ अंकका साथ समूहको शीर्ष स्थानमा उक्लिएको छ ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले समान पाँच लाख ५५ हजार ५५५ रुपैयाँ र उपविजेताले २ लाख ५५ हजार ५५५ रुपैयाँ हात पार्नेछन् ।

प्रतिक्रिया दिनुहोस