साफ वुमन्स च्याम्पियनसिप २०२४ को लागि नेपाल र बंगलादेश भिड्ने भएका छन् ।
नेपाल र बंगलादेशले आईतबार सेमिफाईनल जित्दै फाईनलमा पुगेका छन्।
यसअघि २०२२ मा काठमाडौं मै भएको साफमा पनि यी दुई टोली भिडेका थिए । जहाँ नेपाललाई हराएर बंगलादेश पहिलो पटक च्याम्पियन बनेको थियो ।
सातौं संस्करणको च्याम्पियनसिपको आईतबारको पहिलो सेमिफाईफाईनलमा साविक विजेता बंगलादेशले भुटानलाई ७-१ ले हराएर फाईनफमा स्थान बनाएको हो । घरेलु टोली नेपालले भने तनावग्रस्थ सेमिफाईनलमा पाँच पटकको विजेता भारतलाई पेनाल्टीसुटआउटमा ४-२ ले पराजित गर्दै फाईनल पुगेको हो ।
फाइनल खेल बुधबार हुनेछ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
एन्फा प्रेसिडेन्ट लिग पर्सिदेखि हुने
राष्ट्रपति पाैडेल कतार प्रस्थान