नेपाल प्रिमियर लिगकाे तेस्रो दिन दोस्रो खेलमा पोखरा एभेन्जर्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । खेल टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा दिउँसो १ बजे सुरु हुदैँछ ।
पहिलो खेलमा काठमाडौंलाई ५ विकेटले हराएको चितवन भोलिपल्ट नै दोस्रो खेल खेल्न लाग्दैछ । पोखरा एभेन्जर्स भने याे पहिलो खेल हाे ।
चितवनको कप्तानमा कुशल मल्ल छन् भने पोखराको कप्तानमा कुशल भुर्तेल छन् ।
चितवनलाई काठमाडौंसँग भएको पहिलो खेलमा भेट्रान खेलाडी शरद भेषावकर र युवा खेलाडी सन्तोष कार्कीले क्रिजमा टिकेर खेल्दै जिताएका थिए ।
काठमाडौंलाई १११ रनमै रोक्न बलरहरूले पनि राम्रो प्रदर्शन गरेका थिए । काठमाडौंसँग ५ विकेट लिएका बलर सोहेल तनविरको भूमिका महत्वपूर्ण हुनेछ ।
तनविरलाई अर्का बाँयाहाते पेसर रिजन ढकालको साथ हुनेछ भने मिडियम पेसमा अमरसिंह राउटेला र रवि बोपाराले पनि बलिङ गर्ने छन् । त्यसैगरी लेफ्ट आर्म स्पीनमा कप्तान कुशल मल्ल आफैं छन् भने उनलाई लुक बेनकेन्सटाइनले लेगस्पीनमार्फत साथ दिनेछन् ।
ब्याटिङमा चितवनले पहिलो खेलकै नियमलाइ निरन्तरता दिने काेशिस गर्ने देेखिएकाे छ । दीपक र हसनले ओपन गर्दा कुशल मल्ल, लुक, रवि बोपारा र शरद त्यसपछि आउने छन् । जान निकोल लफ्टी इटनलाई पहिलो खेलमा आराम दिइएको थियो । उनी आज खेल्न सक्छन् तर त्यसको लागि एकजना विदेशी बाहिर बस्नुपर्ने हुन्छ ।
उता पोखराका लागि दुई बलर आकाश चन्द र सागर ढकालको भूमिका महत्वपूर्ण हुन सक्छ । उनीहरूलाई बास डे लिड, रेमन रेइफर र म्याट क्रिट्लेजस्ता बलरले पनि साथ दिने छन् । घरेलु खेलाडी तृत राज दास र बिपिन खत्रीको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।
पोखराको ब्याटिङमा ओपनिङ कप्तान तथा राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेलसँगै दिलीप नाथ वा माइकल लिस्कले गर्न सक्छन् । त्यसैगरी बास डे लिड, किरण ठगुन्ना, बिपिन खत्री, नारायण जोशीले मिडल अर्डर सम्हाल्नुपर्ने छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
एन्फा प्रेसिडेन्ट लिग पर्सिदेखि हुने
राष्ट्रपति पाैडेल कतार प्रस्थान