logo trishakti

कर्णालीले चितवनलाई दियो एक सय ७६ रनको लक्ष्य

News Logoपरिचित खबर 10 महिना अगाडि
87 2 minutes read

 कर्णाली याक्सले चितवन राइनोजलाई जीतका लागि एक सय ७६ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ्ग गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ७५ रन बनाएकाे छ । उसका लागि जयकिसन कोल्सावाला र विलियम बोसिस्टोले अर्धशतक बनाएका छन् । कोल्सावालाले सर्वाधिक ५३ रन र बोसिस्टोले ५२ रन जोडे । चाडविक वाल्टनले अविजित ४६ रन बनाएका छन् ।

चितवनका सोहिल तानभिरले दुई विकेट लिए । चितवनले केहीबेरमा जवाफी ब्याटिङ्ग गर्दैछ । यो खेलमा विजयी हुने टोलीले फाइनल पुग्न आजै हुने अर्को क्वालिफायरको पराजित टोलीसँग खेल्नेछ । पहिलो क्वालिफायरमा दिवा १ बजे जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् ।

 

 

प्रतिक्रिया दिनुहोस