नेपाल प्रिमियर लिगकाे फाइनल खेलमा सट्टेबाजी गराएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश घर भएका ४७ वर्षीय हरिस जावा र ३८ वर्षका ऋषि मातन छन् । यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले एनपीएलमा सट्टेबाजी गराएको आरोपमा ७ जनालाई पक्राउ गरेको थियो
उनीहरूलाई टोखा नगरपालिका–३ ग्रान्डी टावर स्थित नेप्चुन अपार्टमेन्टबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।
प्रहरीले उनीहरूको साथबाट एनसेलको सिम ८ थान, मोबाइल ५ थान र ल्यापटप बरामद गरेको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
४८ वटा राहदानी बोकेकी एक महिला विमानस्थलबाट पक्राउ