logo trishakti

पोखराम अन्तर्राष्ट्रिय भेट्रान फुटबल जारी, दोस्रो दिन ६ खेल सम्पन्न

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

पोखरा २२ माघ,
पोखरामा जारी अन्तर्राष्ट्रिय भेट्रान एट ए साइड फुटबल प्रतियोगितामा सोमबार ६ खेल सम्पन्न भएका छन् । बगर भाइखलकको आयोजनामा आइतबारदेखि सुरु भएको दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइ खलक अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा एक्स वारियर पोखराले सुनाखरी काठमाडौंलाई ३–० ले हराएको छ ।एक्सको जितमा किशोरदेव थापाले दुई तथा सुशिल श्रेष्ठले एक गोल गरे ।

दोस्रो खेलमा चिया पप ठमेलले हरिवन भेट्रान सर्लाहीलाई ६–१ ले हरायो । चिया पपको जितमा सन्तोष नेपालीले दुई तथा मिलन अधिकारी, रमेश गुरुब, विपिन शाही र मित्रबहादुर बस्नेतले समान एक÷एक गोल गरे ।

निकै प्रतिस्पर्धात्मक बनेको तेस्रो खेलमा नाइट किंग काठमाडौंले लखन ब्रदर्शबुटवललाई टाइब्रेकरमा ४–३ ले हरायो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमासकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । नाइट किंगका लागि राकेश श्रेष्ठ र नवराज गौतमले गोल गरेका थिए भने लखनका लागि यामु राना र भरत गुरुबले गोलगर्दा खेल बराबरीमा सकिएको थियो ।

चौथो खेलमा फ्रिडम फाइटर काठमाडौंले भारतको खेलो भेट्रान देरादुनलाई ६–२ ले हरायो । फ्रिडमका लागि राजकुमार घिसिबले ह्याट्रिक गरे भने कमल विष्ट र विकर्ण श्रेष्ठले एक÷एक गोल गरे । देरादुनका लागि गोविन्द सिंह र मनिष शर्माले समान एक÷एक गोल गरे ।

पाँचौ खेलमा रोजरपाटी काठमाडौंले सिमरा भेट्रान माथि ३–० को जित हासिल ग¥यो । जोरपाटीका लागि सुरज सुवेदी, उमेश लामा र निमा लामाले गोल गरे ।

यस्तै दिनको अन्तिम खेलमा चावहिल काठमाडौंले एन.जेजे.वाई.सी सिमरालाई ४–१ ले हरायो । चवाहिलको जितमा कप्तान पासाब शेर्पाले ह्याट्रिक गरे भने जगतमान लामाले एक गोल गरे समराका लागि राजु राईले एक गोल गरे । प्रतियोगिताअन्तरगत भोलि प्रिक्वाटरफाइनलका सात खेल हुनेछन्

प्रतिक्रिया दिनुहोस