logo trishakti

साफ महिला च्याम्पियनसिपमा आज नेपाल र भारत भिड्दै

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

      बङ्गलादेशको ढाकामा भैरहेकाे १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिपमा आज नेपाल र भारत भिड्दैछन् ।

नेपाली समय अनुसार दिउँसो पौने ३ बजे खेल बीएसएसएस मोस्ताफा कमल स्टेडियममा शुरु हुदैछ । खेलमा नेपालले  जित्याे भने फाइनलमा स्थान बनाउन सफल हुुनेछ  अन्यथा खेलबाट बाहिरीनेछ ।

४ टोली सहभागी भएकाे प्रतियोगितामा आयोजक बङ्गलादेश भने दुई खेलबाट ६ अङ्कसहित शीर्ष स्थानमा रहेकाे छ ।लगातार दुई हार बेहोरेको भुटान अङ्कविहीन छ । नेपाल र भारतको समान अङ्क भए पनि भारत गोल अन्तरमा अघि छ । आजको खेलमा भारतले नेपालसँग बराबरी खेलेमा पनि फाइनल पुग्नेछ । 

नेपाल र भारतको दुई खेलबाट समान तीन अङ्क रहेकाे छ ।प्रतियोगिताको फाइनल खेल पर्सि बिहिबार सम्पन्न हुनेछ । 

प्रतिक्रिया दिनुहोस