पोखरा २५, माघ
पोखरामा जारी खुल्ला नेपाल स्नोकर प्रतियोगिता २०८० अन्तर्गत आज सेमिफाइनलका खेलहरु हुदैछन । पोखराको ड्यामसाइड स्थित फाइनल स्कोर स्पोर्टस बारमा भोलि पहिलो सेमिफाइनल खेल काठमाण्डौंका राजन लामा बिरुद्ध इटहरीका आयुष गौतम बिचको खेल हुने भएको छ । त्यसै गरी अर्को खेलमा अन्तराष्ट्रिय काठमाण्डौंका खेलाडी रेगन श्रेष्ठ बिरुद्ध काठमाण्डौंकै वाङचुक तामाङ बिच खेल हुने भएको छ ।
प्रतियोगिता अन्र्तगत विहिबार ४ वटा क्वाटरफाइनलका खेलहरु सम्पन्न भएको आयोजक फाइनल स्कोर स्पोर्टस बार प्रा.लि.का अध्यक्ष एवं खेलाडी सोम बि.क.ले बताए । इटहरीका आयुष गौतमले हेटौंडाका नितेस खण्डवाललाई ५—४ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाए । अर्को खेलमा काठमाण्डौंका राजन लामाले वुटवलका साराङ रानालाई ५—० को सोझो सेटमा पराजित गरेका हुन् ।
अन्तराष्ट्रिय खेलाडी काठमाण्डौंका रेगन श्रेष्ठले काठमाण्डौंका मोती पाख्रिनलाई ५—३ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाए । विहिबारको अन्तिम खेलमा काठमाण्डौंका वाङचुक तामाङले पोखराका विकास मर्हजनलाई ५—२ को सेटठमा पराजित गर्दै सेमिफाइनलमा यात्रा बनाएका हुन्।
यही माघ २८ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा १ सय २३ जना खेलाडीहरु सहभागि भएको प्रा.लि.का संचालक मध्यका एक प्रताप गुरुङले बताए । प्रतियोगितामा प्रतियोगितामा विजेता हुने खेलाडीलाई १ लाख ५० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिने भएको छ । त्यसै गरी प्रतियोगितामा उपविजेतालाई ७० हजार र तेश्रो हुने दुई जना खेलाडीलाई जनही २०÷२० हजारको साथमा ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिने भएको हो । उक्त प्रतियोगितामा मुख्य सहयोग पोखरा महानगरपालिकाले गरेको आयोजकले जनाएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
एन्फा प्रेसिडेन्ट लिग पर्सिदेखि हुने
राष्ट्रपति पाैडेल कतार प्रस्थान