logo trishakti

वाफ वुमन्स च्याम्पियन्सिपमा नेपाल सेमिफाइनल प्रवेश

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

    साउदी अरेबियामा भइरहेको वाफ वुमन्स च्याम्पियन्सिपमा समूह बी अन्तर्गत बिहीबारको खेलमा नेपाल र प्यालेस्टाइन दुवै विजयी भएपछि नेपालले सेमिफाइनलमा प्रवेश गरेकाे छ ।

हिजाेको खेलमा प्यालेस्टाइनले सिरियालाई १-० ले पराजित गरेपछि नेपालसँगै प्यालेस्टाइन पनि अन्तिम चारमा पुगेको छ । त्यसअघि नेपालले इराकलाई ५-० ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको थियो 

समूह बी मा नेपाल र प्यालेस्टाइन दुवैले लगातार दोस्रो खेल जित्दै ६ अंक जोडेका छन् । 

 शनिवार हुने नेपाल र प्यालेस्टाइनबीचको खेलबाट समूह विजेताको टुङ्गो लाग्नेछ । पहिलो पटक वाफ च्याम्पियनसिप खेलिरहेको नेपालले पहिलो खेलमा सिरियालाई ४-१ ले पराजित गरेको थियो ।

८ टोली सहभागी प्रतियोगितामा समूह ए बाट जोर्डन र लेवानोनले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् । दुवैले लगातार दुई खेल जितेका छन् ।

अाज हुने यी दुई टोलीको खेलबाट समूह ए को विजेता र उपविजेता निर्णय हुनेछ । नेपालले सेमिफाइनलमा यी दुई मध्ये एक टोलीसँग खेल्नुपर्नेछ । प्रतियोगितामा नेपालकी सावित्रा भण्डारी साम्बा सर्वाधिक ६ गोल गर्दै शीर्ष स्थानमा छिन् ।

पहिलो खेलमा सिरिया विरुद्ध एक गोल गरेकी उनले दोस्रो खेलमा इराकलाई नेपालले ५-० ले हराउँदा पाँचै गोल गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस