पपुवा न्युगिनिले त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाकाे उपाधि हात पारेकाे छ । आज भएकाे खेलमा पीएनजीले नेपाललाई ८६ रनले हराएकाे हाे ।
हिजो भएका खेलमा नेपालले पीएनजीलाई र पीएनजीले घरेलु टोली हङकङलाई हराउँदै फाइनलमा पुगेको थियाे ।
पीएनजीले दिएकाे १ सय ७२ रनकाे लक्ष्य पछ्याएकाे नेपाल १६ ओभर ३ बलमा ८५ रनमा अल आउट भएकाे थियाे । नेपालका सन्दीप जाेराले सबैभन्दा धेरै १७ रन बनाएका थिए । पीएनजीका कबुआ माेरे, चाद साेपर र सेसे बाउले २/२ विकेट लिएका थिए ।
पीएनजीका टोनी उराले ६१ र एली नाओले ३० रन बनाएका थिए । नेपालका आकाश चन्द र कुशल भुर्तेलले ३/३ विकेट लिएका थिए ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
एन्फा प्रेसिडेन्ट लिग पर्सिदेखि हुने
राष्ट्रपति पाैडेल कतार प्रस्थान