चैत ३ गतेदेखि कास्कीको लेखनाथमा जारी सूर्यतारा (नेकोस) खेल महोत्सव अन्तर्गत फुटबलतर्फ एलसी ब्रदर्स युनाईटेड लामाचौर फाइनलमा प्रवेश गरेको छ ।
एलसी ब्रदर्स युनाईटेड लामाचौर र आरएस फुटबल क्लबका बिचको पहिलाे सेमीफाइनल खेलमा निर्धारित समय सम्म पनि दुबै तर्फबाट कुनै गाेल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेकाे थियो । पुनः टाइब्रेकरमा ३–३ को बराबरी भएपछि सडन डेथमा आरएस फुटबल क्लबलाई ४–३ को गोल अन्तरले हराउँदै एलसी ब्रदर्स युनाईटेडले फाइनलमा स्थान पक्का गरेको हो । धेरै प्रतियाेगितामा सेमिफाइनल पुगेर अगाडी बढ्न नसकेकाे एलसी ब्रदर्स यस पटक भने फाइनल सम्म आइपुग्न लामाे समय देखी प्रशिक्षण र खेलाडीहरूले कडा मेहेनत गरेकाे क्लबका प्रशिक्षक शंकर केसीले बताए।
आज दोस्रो सेमीफाइनल खेल आदर्श युवा क्लब र सहारा युवा क्लबबिच हुदैछ । आदर्श क्लब भण्डारढिक अन्नपूर्ण गाउँपालिकालाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो भने सहारा क्लबले विष्णुपादुका क्लबलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।
प्रतियोगितामा विजेता टिमले नगद ३ लाख ३ हजार ३ सय ३३ र उप विजेता टिमले १ लाख ७७ हजार ७ सय ७७ सहित सिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र अनुशासित टिमलाई जनही ७ हजार ७ सय ७७ नगद पुरस्कार प्रदान गरिनेछ ।
दोस्रो सेमीफाइनल खेलकाे विजेता र एलसी ब्रदर्स युनाईटेड लामाचौर बिच शनिवार फाइनल खेल हुनेछ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
एन्फा प्रेसिडेन्ट लिग पर्सिदेखि हुने
राष्ट्रपति पाैडेल कतार प्रस्थान