logo trishakti

त्रिदेशीय टी–२० शृङ्खलामा नामिबियािवरूद्ध नेपालकाे राेमाञ्चक जित , नेपालकाे फाइनल प्रवेशमा सम्भावना

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

  त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेपालले नामिबियालाई ३ रनले हराएर पहिलाे जित हासिँल गरेकाे छ ।

 कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८० रन बनाएकाे थियाे । नेपालका कुशल मल्लले अर्धशतक बनाएका थिए । मल्लले ३७ बलमा नट आउट ५५ रन बनाए। नामिबियाका बेन शिकोङ्गोले ३ विकेट लिएका थिए ।

नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याउदैँ नामिबियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रनमात्र बनायाे। नामिबियाका कप्तान जेजे स्मिटले ५० रन बनाएका थिए ।

नेपालका करण केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान रूपमा  २ विकेट लिएका थिए ।

नेपालले भोलि नेदरल्यान्ड्ससँग र पर्सि नामिबिया र नेदरल्यान्ड्ससँग खेल्नेछन् । 

प्रतिक्रिया दिनुहोस