logo trishakti

टी–२० विश्वकप : न्युजिल्याण्डलाइ १३ रनले पराजित गर्दै वेष्ट इन्डिज सुपर आठमा प्रवेश

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत वेष्ट इन्डिजले न्युजिल्याण्डलाइ १३ रनले पराजित गर्दै सुपर आठमा पुगेको छ । 

वेष्ट इण्डिजले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३६ रन मात्रै बनायाे ।

टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो । जितसँगै वेष्ट इन्डिज ६ अङ्क जोड्दै  सुपर आठमा पुगेको हो । न्युजिल्याण्डको भने अर्को चरण पुग्ने सम्भावना लगभग समाप्त भएको छ । 

सुपर आठमा स्थान बनाउने वेष्ट इन्डिज चौथो टोली हो । 

प्रतिक्रिया दिनुहोस