आईसीसी टी–२० विश्वकप क्रिकेटमा आजदेखि दोस्रो चरण अर्थात् ‘सुपर–आठ’ का खेल शुरु हुँदैछन् । ‘सुपर–आठ’ को पहिलो खेलमा आयोजक अमेरिका र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ । यो खेल नेपाली समयअनुसार राति सवा ८ बजे एन्टिगुवामा शुरु हुनेछ ।
नवौँ संस्करणमा अमेरिका समूह ‘ए’को उपविजेता हुँदै सुपर–आठमा पुगेको हो । अमेरिका सुपर–आठमा पुग्ने एक मात्र एसोसियट टोली हो । एसोसियट टोली नेपाल, युगान्डा, पपुवा न्यूगिनी , ओमान, क्यानडा, स्कटल्यान्ड, नेदरल्यान्ड्स र नामिबिया पहिलो चरणबाटै बाहिरीएका छन्
सुपर–आठमा आयोजक अमेरिका र वेस्ट इन्डिजसँगै दक्षिण अफ्रिका, भारत, अफगानिस्तान, बङ्गलादेश, इङ्ग्ल्यान्ड र अस्ट्रेलिया पुगेका छन् ।
‘सुपर–आठ’ का खेल जुन २५ तारिखसम्म हुनेछ । जुन २६ र २७ मा सेमिफाइनल तथा जुन २९ तारिखमा फाइनल खेल हुनेछ ।
।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
एन्फा प्रेसिडेन्ट लिग पर्सिदेखि हुने
राष्ट्रपति पाैडेल कतार प्रस्थान