यही जुलाईमा हुने एसीसी महिला एशिया कप क्रिकेट सन् २०२४ को उद्घाटन खेलमा श्रीलंकामा नेपाल र युएई खेल्ने भएका छन् । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले हिजो सार्वजनिक गरेको संशोधित खेल तालिका अनुसार जुलाई १९ तारिखमा हुने उद्घाटन खेलमा नेपाल र युएई खेल्दैछन् ।
समूह 'ए' मा रहेको नेपालले अब पाकिस्तानसँग जुलाई २१ तारिखमा खेल्नेछ भने भारतसँग जुलाई २३ मा प्रतिस्पर्धा गर्नेछ ।
समूह 'बी' मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । नेपालले यसअघि सन् २०१२ र २०१६ मा टी–२० महिला एशिया कप खेलेको थियो ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
एन्फा प्रेसिडेन्ट लिग पर्सिदेखि हुने
राष्ट्रपति पाैडेल कतार प्रस्थान