आइसीसी टी–२० विश्वकपमा आज क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा भारत र इंग्ल्याण्ड आमने सामने खेल्नेछन् । नेपाली समय अनुसार राति सवा ८ बजे सुरु हुने पहिलो सेमिफाइनलमा एकतर्फी जित निकाल्दै दक्षिण अफ्रिका फाइनलमा प्रवेश गरिसकेको छ । आज राति हुने दोस्रो खेलको विजेताले उपाधिका लागि दक्षिण अफ्रिकासँग खेल्ने छ ।
टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै आएको भारतीय टोली अस्ट्रेलियालाई हराउँदै सेमिफाइनलमा पुगेको हो । भारत यस प्रतियोगितामा अहिलेसम्म अपराजित छ र समूह चरणपछि सुपर एटमा पनि शीर्ष स्थानमा रहेर फाइनल खेल्दै छ । उता इंग्ल्याण्डले अमेरिकालाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो ।
नकआउट खेलमा भारतीय टोली फेरि एक पटक रोहित शर्माको नेतृत्वमा जोस बटलरको सेनासँग भिड्नेछ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
एन्फा प्रेसिडेन्ट लिग पर्सिदेखि हुने
राष्ट्रपति पाैडेल कतार प्रस्थान