कोपा अमेरिका फुटबलमा ब्राजील र कोलम्बीया क्वाटरफाइनलमा पुगेका छन् । लेभिस स्टेडिएममा भएको समूह 'डी' अन्तर्गत को अन्तिम खेलमा आज बिहान ब्राजील र कोलम्बीया १–१ गोलको बराबरी खेलेसँगै दुवै टिम क्वाटरफाइनलमा पुगेका छन् ।
कोलम्बीयाका डेनियल मुनोज र ब्राजीलका राफिन्हाले समान एक एक गोल गरेका थिए । कोलम्बीया तीन खेलबाट सात अङ्कसहित समूहको शीर्ष स्थानमा रहँदै क्वाटरफाइनल पुग्यो । समान खेल खेलेको ब्राजील पाँच अङ्कसहित दोश्रो स्थानमा रहँदै क्वाटरफाइनलमा पुगेको छ ।
अब ब्राजीलले उरुग्वे तथा कोलम्बीयाले पानामासँग खेल्नेछ । त्यस्तै अर्जेन्टिना र इक्वेडर तथा भेनेजुयला र क्यानडा खेल्नेछन् ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
एन्फा प्रेसिडेन्ट लिग पर्सिदेखि हुने
राष्ट्रपति पाैडेल कतार प्रस्थान