नेपाल भलिबल संघले काभा २० वर्ष मुनिको महिला भलिबल च्याम्पियनसिपमा सहभागी हुने अन्तिम १२ सदस्यीय खेलाडी टोली घोषणा गरेको छ ।
टोलीमा बागमती प्रदेशका छ, लुम्बिनी प्रदेशका चार तथा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबाट समान एक खेलाडी छनोट भएको नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिएका छन् ।
बागमती प्रदेशबाट एन्जिला मानन्धर, निशा महर, जेनिशा विक, अनिशा मानन्धर , भावना तामाङ र सलिना बुढा मगर,रहेका छन् । लुम्बिनीका, अनुषा चौधरी, मिना सुनार ,निशा चौधरी र आरती चौधरी छनोट भएका छन्।
गण्डकी प्रदेशबाट आशिका क्षेत्री र सुदूरपश्चिम प्रदेशबाट स्नेहा ठगुन्ना छानिएका छन् । मुख्य प्रशिक्षकमा कुमार राई र सहायक प्रशिक्षकमा अर्जुन घिमिरे तथा व्यवस्थापकमा जुनु पुन मगर रहेका छन् ।
प्रतियोगिता माल्दिभ्सको मालेमा यही असार ३१ गतेदेखि साउन ९ गतेसम्म हुनेछ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
एन्फा प्रेसिडेन्ट लिग पर्सिदेखि हुने
राष्ट्रपति पाैडेल कतार प्रस्थान