काभा २० वर्ष मुनिको महिला भलिबल प्रतियोगिता २०२४ को खेल तालिका आज सार्वजनिक गरेको खेल तालिका अनुसार प्रतियोगिता माल्दिभ्सको मालेमा जुलाई १८ अर्थात साउन ३ गतेदेखि जुलाई २० अर्थात साउन ५ गतेसम्म हुनेछ ।
नेपालले आफ्नो पहिलो खेलमा साउन ३ मा श्रीलङ्कासँग खेल्ने छ । ४ गते कीर्गिस्तानसँग खेल्ने छ । ५ गतेको अन्तिम खेलमा नेपाल र माल्दिभ्स खेल्ने तालिका छ । प्रतियोगिता सिंगल राउण्ड रोविनका आधारमा खेलाइने छ ।
यस प्रतियोगितामा भाग लिन नेपाली टोली साउन १ गते माल्दिभ्स जाने भएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
एन्फा प्रेसिडेन्ट लिग पर्सिदेखि हुने
राष्ट्रपति पाैडेल कतार प्रस्थान