एसीसी एसिया कपको तयारी स्वरुप खेलेको अभ्यास खेलमा नेपाली टोलीले श्रीलंका वुमन्स डेभलप्मेन्टलाई २ रनले हराएको छ ।याे खेल श्रीलंकामा हुदैँछ।
आज भएको तेस्रो खेलमा नेपालले जित हात पारेको हो । यसअघिका २ खेलमा भने यही टिमसँग नेपाल पराजित भएको थियो ।
पहिले ब्याटिङ गरेको नेपालले ११२ रन बनायो । जवाफी ब्याटिङ उत्रिएको श्रीलंका वुमन्स डेभलप्मेन्ट टिमले ११० रन मात्रै बनाउन सक्यो । श्रीलंकाका लागि भी बालासूर्याले ४ चौकासहित सर्वाधिक ३८ रन बनाइन् । आर नेर्थान्जलीले २६ र सेवान्दनीले १० रन बनाए ।श्रीलंकामा शुक्रबारदेखि देखि सुरु हुने एसिया कपमा नेपाल समूह ’ए’ मा रहेको छ । नेपाल रहेको समूहमा भारत, पाकिस्तान र युएई छन् ।नेपालले शुक्रबार युएईसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल पाकिस्तानसँग साउन ६ र भारतसँग साउन ८ गते समुह चरणको अन्तिम खेल खेल्नेछ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
एन्फा प्रेसिडेन्ट लिग पर्सिदेखि हुने
राष्ट्रपति पाैडेल कतार प्रस्थान