logo trishakti

क्यानलाई प्रोत्साहन स्वरूप चौधरी ग्रुपद्वारा १० लाख रुपैयाँ हस्तान्तरण

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

 चौधरी ग्रुप सीजी ले नेपाल क्रिकेट सङ्घ (क्यान) लाई १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । भर्खरै सकिएको आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी खेलाडीलाई प्रोत्साहन स्वरूप सीजी फुड्सले गरेको घोषणाअनुसार आज ललितपुरमा आयोजित एक कार्यक्रमकाबीच सीजी फुड्सका प्रमुख कार्यकारी अधिकृत प्रदीप पुडासैनीले क्यानका सचिव पारस खड्कालाई चेक हस्तान्तरण गर्नुभएको हो ।

सीजीले टी–२० विश्वकपमा प्रत्येक रनका लागि एक हजार, प्रत्येक चौकाका लागि आठ हजार, प्रत्येक छक्काका लागि १२ हजार रुपैयाँ दिने घोषणा गरेको थियो । यस्तै प्रत्येक विकेटका लागि १५ हजार, प्रत्येक अर्धशतकबापत ५० हजार, प्रत्येक शतकबापत एक लाख र नेपाली टिमको प्रत्येक जीतमा एक लाख ५० हजार रुपैयाँ दिने घोषणा गरेको थियो । त्यसैगरी नेपाली टिम सुपर–८ मा पुगेमा ३० लाख रुपैयाँ दिने पनि सीजीले घोषणा गरेको थियो । 

यही घोषणाअनुसार नेपाली टिम र खेलाडीको समग्र प्रर्दशनअनुसार ९ लाख ४४ हजार भएकोमा सीजीले यो रकममा ५६ हजार रुपैयाँ थप गरी १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस