logo trishakti

रग्बी खेलमा नेपाली राष्ट्रिय पुरुष र महिलाको टोली घोषणा

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

 एसिया रग्बी महिला तथा पुरुष सेभेन्स ट्रफीका लागि महिला र पुरुषको नेपाली राष्ट्रिय रग्बी टोली घोषणा भएको छ ।

एसिया रग्बीको आयोजना र नेपाल रग्बीको व्यवस्थापनमा आगामी असोज १७ गतेदेखि १९ गतेसम्म एसिया रग्बी सेभेन्स ट्रफी २०२४ नेपालमा हुँदै छ । सोही ट्रफीका लागि पुरुष र महिला दुवैमा १६ सदस्यीय नेपाली टोली घोषणा गरिएको हो ।

नेपाली टोलीका मुख्य प्रशिक्षक न्युजिल्यान्डका मुर्रे पल स्टर्टले दुवैतर्फ राष्ट्रिय टोली घोषणा गरेका हुन् ।  

राष्ट्रिय टिम छनोटका लागि पहिलो चरणमा सात वटै प्रदेश र तीन विभागीय टोलीबाट प्रारम्भिक खेलाडी छनोट गरिएको थियो ।पुरुषतर्फ ३८ जना र महिलामा २८ जना प्रारम्भिक टोलीमा छनोट गरिएको थियो । तीमध्येबाट दोस्रो चरणमा समान २० जना महिला तथा पुरुष खेलाडी गरिएको थियो । 

नेपाली राष्ट्रिय पुरुष टोलीमायदु अधिकारी, विराट श्रेष्ठ, निरोज अधिकारी, बिबेश बासु, प्रमेश चौधरी, , सविन महत, नवीनबहादुर मगर, मशेष सुनार, विक्रम पुरी, गणेश बानिया, विजय खड्का, सञ्जय अधिकारी ,रोहन डंगोल, विनोदबहादुर शाही, क्याल्भिन जोशी,र कपिल ठकुरी छनाेट भएका छन् ।

त्यस्तै नेपाली राष्ट्रिय महिला टोलीमाश्रृजना राई, सिर्जना छन्त्याल, मनीषा घिसिङ, मनीषा थापामगर, आशा कुँसार, साबित्री पुर्जा, विशाका  राई, सुस्मिता क्षेत्री, रोजिना पोखरेल, बिनिता शाही ठकुरी, अनु शेर्पा, कमला राई ,पुनम श्रेष्ठ, संगीता घिसिङ, सुजा राई, र अप्सरा कार्की छनोट भएका छन् ।

प्रतिक्रिया दिनुहोस