logo trishakti

काभा महिला भलिबल प्रतियोगिता आजबाट शुरु, उद्घाटन खेलमा नेपाल र श्रीलंका खेल्दै

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

काभा महिला भलिबल लिग आजदेखि त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को  कभर्डहलमा दिउँसो सवा ३ बजे सुरु हुनेछ ।

 मध्य एसियाका क्याटेगोरी ए र क्याटेगोरीका बी का पाँच टोलीले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरान गरी पाँच वटा देशले प्रतिस्पर्धा गर्दैछन् । 

प्रतियोगिताको उद्घाटन खेलमा आज घरेलु टोली नेपालले श्रीलंकासँग खेल्दैछ । यस्तै नेपालले  दोस्रो खेलमा भोलि  भारतसँग, तेस्रो खेलमा २० गते आइतवार माल्दिभ्ससँग र चौथो खेलमा २१ गते सोमवार इरानसँग खेल्ने तालिका छ । लिग चरणको खेलपछि शीर्ष चारमा रहने टोलीबीच सेमिफाइनल हुनेछ ।

लिगमा पहिलो र चौथो तथा दोस्रो र तेस्रो टोलीबीच अन्तिम चारमा प्रतिस्पर्धा हुनेछ ।

नेपाल भलिबल सङ्घको आयोजनामा आज शुरु हुने प्रतियोगिता यही साउन २३ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस