थिम्पुमा जारी काभा बिच भलिबल च्याम्पियनसिपमा नेपाली महिला टोलीकाे लगातार दोस्रो जित
भुटानको थिम्पुकाे चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा आज भएको काभा बिच भलिबल च्याम्पियनसिपकाे खेलमा नेपाली महिला टोलीले घरेलु टोली भुटानलाई २-० सेटमा हराएर दोस्रो जित हासिँल गरेकाे छ।
कमला पुन र मनिषा चौधरीले भुटानी जोडी लेकेन र डेछेनलाई २१-५, २१-४ ले हराएकाे छ।
पहिलो खेलमा नेपालले उज्वेकिस्तानलाई २१-१७, २१-१५ ले हराएको थियो । नेपाली महिला टोलीले आजै समूहको अन्तिम चरणाकाे खेलमा माल्दिभ्ससँग खेल्दैछ ।
समूह चरणका सबै खेलहरु आजै सकिनेछ भने सेमिफाइनल र फाइनल खेलहरु शनिबार हुनेछन् ।
तीन दिन सञ्चालन हुने काभा बिच भलिबलमा पुरुषतर्फ १० र महिलातर्फ ७ टोलीको सहभागिता छ । नेपालबाट पुरुष र महिला दुवैमा एक-एक टोली सहभागी छन् ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
एन्फा प्रेसिडेन्ट लिग पर्सिदेखि हुने
राष्ट्रपति पाैडेल कतार प्रस्थान