२० वर्षमुनिको साफ च्याम्पियनशिप पर्सि भदौ २ गतेदेखि १२ गतेसम्म नेपालमा आयोजना हुँदैछ । २० वर्षमुनिको साफ उपाधि जित्ने लक्ष्यका साथ नेपालले तयारी गरिरहेको छ ।
घरेलु मैदानमा हुने प्रतियोगिताका लागि नेपाली टोलीले गएको असारको अन्तिम हप्तादेखि तयारी गरेको हो ।
नेपाली टोलीले सातदोबाटोको टर्फ र प्राकृतिक घाँसे मैदानमा उर्जन श्रेष्ठको प्रशिक्षणमा रहेको तयारी गरिरहेको छ । प्रशिक्षक श्रेष्ठले तयारी अन्तिम चरणमा पुगेको अवस्थामा टोली बलियो देखिएको उल्लेख गर्दै उपाधि घरमा नै सुरक्षित राख्ने बताएका छन् ।
नेपाली टोलीका कप्तान कुशल देउवाले पर्याप्त तयारी पाएकाले घरेलु मैदानमा राम्रो प्रदर्शन गर्ने बताएका छन् । प्रतियोगिता घरेलु मैदानमा भएकाले टोलीले यसलाई उपाधि जित्ने अवसरका रूपमा लिएको कप्तान देउावको भनाइ छ ।
प्रतियोगिताको समूह 'ए' मा आयोजक नेपालसहित बङ्गलादेश र श्रीलङ्का छन् । यस्तै समूह 'बी' मा साविक विजेता भारत, माल्दिभ्स र भुटान छन् ।
नेपालले उद्घाटन खेलमा भदौ २ गते श्रीलङ्कासँग खेल्दैछ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
एन्फा प्रेसिडेन्ट लिग पर्सिदेखि हुने
राष्ट्रपति पाैडेल कतार प्रस्थान