logo trishakti

सरकारद्वारा महिला भलिबल टाेलीका १४ जना खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

 हिजो बसेको मन्त्रिपरिषद् बैठकले काभा महिला भलिबल लिगमा सहभागी १४ जना खेलाडीलाई सरकारले जनही तीन लाख रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

यस्तै बैठकले टोलीका मुख्य प्रशिक्षकलाई दुई लाख तथा व्यवस्थापक, सहायक प्रशिक्षक र फिजियो गरी तीन जनालाई जनही एक लाख २० हजार रुपैयाँका दरले पुरस्कृत तथा सम्मान गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस