पोखरा
एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष
भलिबल प्रतियोगिताको ट्रफि अनावरण गरिएको छ । पोखरा रंगशालास्थित भलिबल
कोर्टमा भोलिदेखि हुने उक्त प्रतियोगिताको ट्रफि गण्डकी प्रदेशका युवा तथा
खेलकुद मन्त्री विन्दुकुमार थापाले अनावरण गरेका हुन् ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुन लागेको प्रतियोगिता माघ १९
गतेसम्म चल्नेछ । ट्रफि अनावरण गर्दै मन्त्री थापाले टाइगर ग्रुपले छोटो
समयमा भलिबलको क्षेत्रमा उत्कृष्ट काम गरेको बताए । उनले खेलाडी उत्पादन र
एक्स्पोजर गर्न यो प्रतियोगिताले महत्वपुर्ण भूमिका खेलेको बताए ।
प्रतियोगिताको तयारी पूरा भएको प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी
दिए । एक विदेशी टोली आउन ढिलाई भएका कारण ट्राईसिट निकाल्न ढिलाई
भएको उनले बताए । केही बेरमा टेक्निकल टिम बसेर ट्राईसिट फाइनल गरिने
उनको भनाइ छ ।
प्रतियोगिताको पहिलो खेल शनिबार बिहान १० बजेबाट सुरु हुनेछ । खेल हेर्ने
दर्शकका लागि टिकट खुला गरिएको आयोजकले जनाएको छ । खेल हेर्नका लागि
इसेवामार्फत अनलाइन टिकट काट्न सकिनेछ ।
दुई खेलपछि उद्घाटन कार्यक्रम हुने टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद
शर्माले जानकारी दिए । प्रतियोगिताको उद्घाटन सूचना तथा सञ्चार मन्त्री
पृथ्वीसुब्बा गुरुबले गर्नेछन् । पहिलो दिनको तेस्रो खेलमा आयोजकको महिला
टोलीले खेल्नेछ । अरुणा शाहीको कप्तानीमा रहेको आयोजक टोलीमा
ल्याइल्याण्डका ३ खेलाडी अनुबन्ध भएका छन् ।
प्रतियोगितामा २ विदेशी टोलीसहित ६–६ टोलीले सहभागिता जनाएका छन् ।
विदेशी टोलीका रुपमा महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब,
थाइल्यान्ड र पुरुषतर्फ भारतको सुनिल भलिबल क्लब, कुरुक्षेत्रको टिम सहभागी
हुने छन् । पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ,
नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबले सहभागिता
हुँदैछन् ।
महिलातर्फ सहभागी टोलीमा नेपाल एपिएफ क्लब, टिपटप न्यू डायमन्ड
स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाइगर ग्रुप अफ
पोखरा नेपाल छन् । प्रतियोगितामा सहभागी हुन अधिकांश टोली पोखरा आइसकेका
छन् ।
प्रतियोगिताका विजेता टोलीले समान ५ लाख ८५ हजार ५५५ रुपैयाँ पाउनेछन्
। उपविजेताले समान २ लाख ८५ हजार ५५५ र तृतीय हुने टोलीले १ लाख ८५
हजार ५५५ रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वाेत्कृष्ट
खेलाडीले समान २५ हजार ७७७ रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ
उत्कृष्ट हुनेलाई समान १० हजार ५५५ रुपैयाँ प्रदान गरिने छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
                                एन्फा प्रेसिडेन्ट लिग पर्सिदेखि हुने
                                मन्त्री र सचिवहरूलाई प्रधानमन्त्रीकाे १४ बुँदे निर्देशन
                                राष्ट्रपति पाैडेल कतार प्रस्थान