logo trishakti

टाइगर कप भलिबलः आर्मी र भारतको सुनिल क्लबको खेल स्थगित

News Logoपरिचित खबर 9 महिना अगाडि
87 2 minutes read

पोखरा
एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष
भलिबल प्रतियोगिताअन्तर्गत त्रिभुवन आर्मी क्लब र भारतको सुनिल भलिबल क्लबको
बिचको खेल स्थगित भएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा
चौथो सेटको खेल सुरु हुने समयमा खराब प्रकाशका कारण खेल स्थगित गरिएको हो ।
पहिलो सेट पहिलो सेट २५–२३ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा
पारेको सुनिल भलिबल क्लबले तेस्रो सेट १८–२५ ले आर्मीलाई सुम्पिएको थियो
। त्यसपछि खेल स्थगित भएको हो । अब आर्मी र सुनिल भलिबल क्लबबिचको खेल
बिहीबार हुनेछ । यसअघि स्थगित भएको टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब र
गण्डकी प्रदेशबिचको खेल पनि भोलि हुने तालिका छ ।
यसअघि भएको खेलमा पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबसँग ३–२
सेटले पराजित हुँदै सशस्त्र प्रहरी बल एपिएफ प्रतियोगिताबाट बाहिरिएको थियो ।
महिलातर्फ भएको खेलमा एपिएफ र ट्राभल इन्क्वारी प्यासन भलिबल क्लब
थाइल्यान्डले जित निकालेका थिए । पहिलो खेलमा ट्राभल इन्क्वारीले
आर्मीलाई ३–० र एपिएफले आयोजक टाइगर ग्रुपलाई ३–० को सेटमा पराजित
थियो ।

प्रतिक्रिया दिनुहोस