logo trishakti

२४ औं आहारारा पोखरा गोल्डकपमा आज मच्छिन्द्र र एपीएफबीच खेल हुदैँ

News Logoपरिचित खबर 8 महिना अगाडि
87 2 minutes read

२४औं आहारारा पोखरा गोल्डकपको दोस्रो प्रि-क्वाटरफाइनल खेलमा बुधबार मच्छिन्द्र एफसी र विभागीय टोली एपीएफ एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।खेल पोखरा रंगशालमा दिउँसो २:३० बजे सुरु हुनेछ ।

चर्चित खेलाडीहरु टिममा राखेर पनि अहिलेसम्म आहारारा पोखरा गोल्डकप जित्न नसकेको मच्छिन्द्र विजयी सुरूवात गर्ने लक्ष्यमा हुनेछ ।

गोलकिपर विशाल श्रेष्ठको कप्तानीमा रहेको मच्छिन्द्रमा मनिष डाँगी, आयुष घलान, सनिश श्रेष्ठ, विमल घर्ती मगर, देवेन्द्र तामाङ, छिरिङ गुरुङजस्ता खेलाडी छन् ।

 

 

प्रतिक्रिया दिनुहोस