logo trishakti

२४औं संस्करणको पोखरा गोल्डकपमा एनआरटी र चर्च ब्वाइज युनाइटेड खेल्दै

News Logoपरिचित खबर 8 महिना अगाडि
87 2 minutes read

२४औं संस्करणको पोखरा गोल्डकपकोे तेस्रो प्रि–क्वाटरफाइनलमा आज न्युरोड टिम (एनआरटी)  र चर्च ब्वाइज युनाइटेड  दिउँसो साढे २ बजे  पोखरा रङ्गशालामा  खेल्दैछन् । 

पहिलो खेलमा आयोजक सहारा फुटबल क्लबलाई हराउँदै नेपाल पुलिस क्लब क्वाटरफाइनलमा पुगिसकेको छ ।

 हिजो दोस्रो प्रि–क्वाटरफाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई हराउँदै मच्छिन्द्र क्लब क्वाटरफाइनलमा पुगेको छ ।

अस्तिदेखि शुरू भएको प्रतियोगितामा ३ वटा विदेशीसहित १० वटा टोली रहेका छन् । मनाङ मर्स्याङ्दी क्लब भने यस पटक सहभागी भएको छैन ।

पोखरा गोल्डकपको फाइनल खेल आउँदो फागुन ३ गते हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस