logo trishakti

२४ औं संस्करणको ‘पोखरा गोल्डकप’को दोश्रो क्वाटरफाइनलमा आज थ्री स्टार र मछिन्द्र क्लबबीच खेल हुँदै

News Logoपरिचित खबर 8 महिना अगाडि
87 2 minutes read

२४ औं संस्करणको पोखरा गोल्डकप फुटबल प्रतियोगिताको आज दोश्रो क्वाटरफाइनलमा थ्री स्टार क्लब र मछिन्द्र फुटबल क्लबबीच खेल पोखरा रङ्गशालामा दिउँसो २ बज शुरु हुनेछ ।

हिजो भएको पहिलो क्वाटरफाइनलमा विभागीय टोली पुलिसले ब्रिगेड ब्वाइज क्लब युकेलाई  हराउँदै सेमिफाइनलमा पुगेको छ ।

गोल्डकपको फाइनल खेल आउँदो फागुन ३ गते हुनेछ । प्रतियोगिताको विजेताले १२ लाख एक हजार रुपैयाँ र उपविजेताले ६ लाख एक हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस